जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंकको नाफा ३४.४३ प्रतिशतले वृद्धि

माछापुच्छ्रे बैंकको नाफा ३४.४३ प्रतिशतले वृद्धि

माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३४.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफ्नो नाफामा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत,कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेको छ । अवधिमा बैंकले प्रतिश शेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढाएको छ । अब बैंकको इपीएस २१ रुपैयाँ ७ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।

2650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका