जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकलाई पूर्वगभर्नर खतिवडाको सुझाबः स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउनू,

राष्ट्र बैंकलाई पूर्वगभर्नर खतिवडाको सुझाबः स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउनू,

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर‍समेत रहेका पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउन सुझाव दिएका छन्।

नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा खतिवडाले निक्षेपको ब्याज एकल अंकमा राख्न र स्प्रेडदर ४ प्रतिशतभन्दा नघटाउन सुझाव दिए ।

‘मैले स्प्रेड दर ९ बाट ५ प्रतिशतमा झारें । तपाईंहरुले ४ मा झार्नुभो’ उनले भने, ‘अब नघटाउनुस् । ४ मा हुँदा १०-१२ प्रतिशत प्रतिफल छ, त्यति रहन दिनुपर्छ ।’

खतिवडाले राष्ट्र बैंकलाई सेयर बजारको चिन्ता हुने गरेको भन्दै अब घर जग्गामा पनि ध्यान दिन सुझाव दिए । बैंक र व्यवसायी छुटिन चाहे, संस्थापक बाहिरिन खोजे १० प्रतिशत घटाउन सुझाव दिए ।

फिक्सको रकम निश्चित सीमामा राख्न बैंक आफैंले काम गर्नु पर्ने र यसमा राष्ट्र बैंकले चासो दिन नहुने उनले बताए ।
खतिवडाले रि फाइनानान्सको रकम बढाउन सुझाव दिए ।

खतिवडाले सहकारीको जिम्मा राष्ट्र बैंकले लिन नहुने बताए । बचत तथा ऋण सहकारी सहितको नियमन गर्न दोस्रो तहको नियामक ल्याउन सुझाव दिए ।

खतिवडाले सीआरआर नचलाउन, सीडी रेसियो नचलाउन सुझाव दिए । खतिवडाले सीडी अहिले नै घाँडो भएको दाबी गरे ।
उनले सस्तो लोकप्रियताका लागि काम नगर्न आग्रह गरे ।

सेयर बजारमा ५ वटा निकायको चिन्ता रहेको र समाधानको उपाय नभएको उनको भनाइ थियो ।

आफ्नो घरको समस्या समाधान नगरि अरुको घरको समस्या समाधानमा नलाग्न उनले सुझाव दिए । कर्जा वृद्धि १२ % भयो भने आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने खतिवडाले बताए

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका