जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • टेलिकमको प्रबन्ध निर्देशकको लागि ३ जनाको नाम सिफारिस, पौडेलको सम्भावना उच्च

टेलिकमको प्रबन्ध निर्देशकको लागि ३ जनाको नाम सिफारिस, पौडेलको सम्भावना उच्च

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिको आजको बैठकले  टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो। 

समितिले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको हो। पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल बाहिरबाट सिफारिसमा परेका हुन् । पौडेल हाल संचार मन्त्रालय अन्तर्गत कै राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।

स्रोतका अनुसार यी ३ मध्ये सुशील पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त हुने सम्भावना उच्च छ । उनलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्ने गरि छनौटको मापदण्ड नै परिवर्तन गरिएको स्रोतको दाबी छ ।

उता टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?