जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दति खाता योजना सञ्चालन

सिटिजन्स बैंक नेपालगञ्जमा बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दति खाता योजना सञ्चालन

ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगन्ज शाखा र बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबीच ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दति खाता योजना’ नामक कार्यक्रमका लागि सम्झौता भएको छ।

यो योजनाको मुख्य उद्देश्य बालिकाहरुलाई बालविवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दति खाता योजना कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिका विविध कोषअन्तर्गत बालिकाको नाममा मुद्दति खाता खोली कार्यविधिबमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ। बालिकाहरुका लागि बैंक खाता खोल्ने र उपलब्ध सबैभन्दा अनुकूल ब्याज दरमा रु. २५ हजारको मुद्दति निक्षेप राख्ने सहमति भएको छ।

यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। कोषको उचित सदुपयोग सुनिश्चित गर्न खातावालाहरुले नेपालगन्ज उपमहानगरपालिकाबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन्। आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेरअघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका