जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देश विदेशमा रहका सेवाग्राहीलाई लक्षित गरी सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभर रहेका एजेन्ट-सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना ल्याइएको छ ।

२० जना विजेताले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसङ एस २२ मोबाइल प्राप्त गर्न सक्नेछन् । यो योजनामा सहभागी भएका सेवाग्राही मध्ये २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ ।

6025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका