जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मर्जर र एफपिओको करबारे अर्थमन्त्रीले भने ‘मैले रोक्न सक्ने अवस्था थिएँन’

मर्जर र एफपिओको करबारे अर्थमन्त्रीले भने ‘मैले रोक्न सक्ने अवस्था थिएँन’

अर्थमन्त्री डा.प्रकाश शरण महतले एफपिओ, तथा मर्जरको करको विषय आफुले रोक्न सक्ने अवस्था नै नरहेको बताएका छन् । नेपाल उद्योग परिसंघको साधारणसभालाई सम्बोधन गर्दै उनले महालेखा परिक्षकको कार्यालयले कर उठाउनु पर्छ भनेकोले आफुले त्यसलाई राहत दिनको लागि केहि छुट दिएर राहत दिने व्यवस्था ल्याएको उनले बताए ।

मन्त्री महतले यो कुनै नयाँ कर समेत नभएको प्रष्ट पारेका छन् । उनले आफुले केहि पनि नचलाएको बताउदै महालेखाले कर लाग्छ भनेको र महालेखाले भनेको विषयमा सरकारले रोक्न नमिल्ने बताएका हुन् ।

उनले यस बारे ब्याख्या गर्ने अधिकार आफुलाई नभएकोले यसको ब्याख्या  अदालतले मात्र गर्न सक्ने बताए । उनले भने ‘मैले राहत मात्र दिएको हो, यसको अन्तिम निर्क्यौल म बाट हुँदैन, महालेखाले भनेको विषय मैले काट्न सक्ने अवस्था पनि थिएन’।

उनले करको विषय हिजो जे थियो आज पनि त्यहि रहेको र महालेखाले तिर्नु पर्छ भनेको करमा छुट दिएर राहत दिएको दाबी गरे ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका