जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल इन्भेस्टमेण्टले पायो यो वर्षको ‘यूरोमनी अवार्ड’

नेपाल इन्भेस्टमेण्टले पायो यो वर्षको ‘यूरोमनी अवार्ड’

नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनी अवार्ड फर एकसीलेन्स २०२१’ बाट सम्मानित भएको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने वित्तीय खबरपत्रिका ‘यूरोमनी’ले उक्त अवार्ड दिएको हो । युरोमनी अवार्ड संसारभरका १०० भन्दा बढी मुलुकका बैंकलाई प्रदान गर्ने गरेको छ ।

इन्भेस्टमेण्टलाई नेपालका लागि उत्कृष्ट बैंकको अवार्ड दिएको हो । एसियाका ५२ मध्ये २३ मुलुकमा उक्त अवार्ड प्रदान गरिएको छ । उक्त म्यागेजिनले क्षेत्रीय र विश्व स्तरमा पनि यस्तो अवार्ड दिने गरेको छ । यस वर्ष एसियाकै सवौत्कृष्ट बैंकको अवार्ड सिंगापुरको डीबीएस (द डेभेपलमेण्ट बैंक अफ सिंगापुर)ले पाएको छ ।

नेपालमा इन्भेस्टमेण्ट बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि सन् २०१८ मा पनि बैंकले यो अवार्ड जितेको थियो । १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो ।

बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ । बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । Pp

5800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?