जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • प्रभु लाइफले इलाममा दियो रु. ५ लाखको मृत्यु दाबी भुक्तानी

प्रभु लाइफले इलाममा दियो रु. ५ लाखको मृत्यु दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाले मृत्यु दाबीअन्तर्गतको ५ लाख ४३ हजार रुपैयाँ बीमित परिवारको घरैमा पुगेर शुक्रबार हस्तान्तरण गरेको छ।

इलाम शाखाका बीमित ठाकुर याक्खा गत सालको बाढीपहिरोमा परी बेपत्ता भएपछि कम्पनीले दुर्घटनाबाट मृत्यु भएको मान्दै बीमितकी पत्नी चित्रमाया सम्वाहाम्फेलाई बीमांकको दोब्बर र बोनससमेत गरेर ५ लाख ४३ हजार ६२ रुपैयाँ इलाम नगरपालिका–२ सुम्बेकस्थित उनकै घरमा एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो।

सुम्बेकस्थित बीमित ठाकुर याक्खाको घरमा आयोजित एक कार्यक्रममा पूर्ववडा अध्यक्ष नारद लम्साल, वडा सदस्य मीना दाहाल तथा प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाका प्रमुख लक्ष्मीप्रसाद मिश्रले संयुक्त रुपमा बीमितकी पत्नी चित्रमाया सम्बाहाम्फेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए।

इलाम शाखामा ४ वर्षअघि अमूल्य जीवन बीमा नामक  २ लाख ५० हजार रुपैयाँ बीमांकको २० वर्षे अजीवन जीवन बीमा गरेका याक्खाले वार्षिक १६ हजार ५७२ रुपैयाँ बीमा शुल्क ४ वर्षसम्म गरी कुल ६६ हजार २८८ रुपैयाँ जम्मा गरेका थिए।

कार्यक्रममा चित्रमाया सम्बाहाम्फेले प्रभु लाइफ इन्स्योरेन्सले घरमै आएर मृत्युदाबी भुक्तानी गरेकोमा खुसी व्यक्त गर्दै भविष्यको जोखिम हस्तान्तरणका लागि सबैले बीमा गर्न जरुरी रहेको बताइन्।

2875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?