जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ कृषि बैंकको साधारण सभा सम्पन्न

मुक्तिनाथ कृषि बैंकको साधारण सभा सम्पन्न

मुक्तिनाथ बिकास बैंकले चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत आश्विन २८ गते बसेको साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ. व. २०७८/ ०७९ को बार्षिक प्रतिबेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

त्यस्तै बिषेश प्रस्तावहरु मार्फत ५५.५५ प्रतिशत हकप्रद शेयर निष्कासन, कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरे ।
साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना शेयर धनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको बताउनुभयो। सञ्चालक समितिका सदस्य सिताराम काफ्ले ज्यूले स्वागत मन्तव्य राख्दै कम्पनिले आफ्नो उद्देश्य प्राप्तिका निमित्त कम्पनी पूर्ण रुपमा गतिशील रहेको बताए ।

कम्पनीका सचिव एवं नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले संचालन गरेका उक्त सभालाई अतिथिको रुपमा सम्बोधन गर्दै मुक्तिनाथ बिकास बैंकका कार्यकारी अधिकृत पद्युमन पोख्रेलले नेपालको कृषि व्यबसायमा मुक्तिनाथ कृषि कम्पनीले उदाहरणीय कार्यहरु गर्दै आइरहेको बताए ।

3945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?