
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १०औं वर्षमा प्रवेश गरेको छ । मुलुकको सातै प्रदेशमा सेवा प्रवाह गर्दै आएको कम्पनीले सफलता पूर्वक नवौं वर्ष पार गरेको हो ।
दशौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्यहरु गरेको छ । कम्पनीले धादिङको सल्यानटार स्थित नरसिंहधाम स्कुलमा १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु वितरण गरेको छ । कम्पनीले सो विद्यालयमा कक्षा १ देखि १० सम्मको अ्रंग्रेजी पढाई हुने किताब, आधारभुत औषधी, कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरेको हो ।
यसका साथै स्वावलम्वी बहिरा आधारभुत विद्यालयमा पनि कम्पनीले ५० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तर गरेको छ ।नेशनल माइक्रोफाइनान्सले नवीनतम प्रविधिहरुको प्रयोग गरी छिटो, छरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा उत्तिकै अग्रसर छ ।

कम्पनीको लगानीमा रहेको रकम ११ अर्ब २५ करोड रुपैयाँ छ । कम्पनीको बचतमा ३ अर्ब १६ करोड रुपैयाँ छ । राष्ट्रिय स्तरको कम्पनीले स्थापनाको सुरु देखिने वित्तीय पहुँच अभिवृद्धि गराई नेपालको गरिबी घटाउने, वित्तीय समावेशीकरण बढाउने उद्देश्यले नेपाल भरी नै लघुवित्त सेवा प्रदान गर्ने अठोटका साथ अगाडी बढिरहेको छ ।
हाल देशभर संस्थाले १०२ वटा शाखा कार्यालय मार्फत ६४ जिल्लामा १ लाख ५२ हजार विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरु सञ्चालनको लागी विशेष गरी महिलाहरुलाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरुमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ।
आगामी आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अझ प्रभावकारी रुपमा सेवा तथा सुविधाको विस्तार गर्ने लक्ष्य रहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































