जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्णहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका