जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अख्तियार प्रमुख राईले गोकुल बास्कोटासामु भने- अडियो टेपको छानबिन गरिरहेका छौं

अख्तियार प्रमुख राईले गोकुल बास्कोटासामु भने- अडियो टेपको छानबिन गरिरहेका छौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका लागि देशबाहिरै डिल हुन थालेको
उनले मंगलबार प्रतिनिधि सभाको लेखा समितिको बैठकमा देशबाहिर डिल हुन थालेकाले भ्रष्टाचारको सूचना कम आउन थालेको बताए। ‘अहिले करप्सनको डिल देश बाहिर हुन थाल्यो। हामीलाई सूचना कम आउनुको कारण यही हो,’ उनले भने, ‘सरकारले विदेशबाट सूचना लिनका लागि चाँडो बाइल्याटरल सहमति गरिदियोस्।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुद्दा दायर गरिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा मुद्दा दायर गरिएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलले सिंगापुरमा खाता खोलेर रकम राखेको पाइएपछि अख्तियार प्रमुख राईले भ्रष्टाचारको डिल देशबाहिरै हुन थालेको बताएका हुन्।

विकलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ बढी बिगो दाबी गरी गत वैशाख ३ गते र सुनीलविरुद्ध २३ करोड २७ लाख रुपैयाँ बिगो कायम गरी असोज १५ गते मुद्दा दायर गरिएको थियो। उनीहरु दुवै जनाविरुद्ध अहिले अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान भइरहेको छ। दुवै जना हिरासतमा छन्।

अख्तियार प्रमुख राईले समितिको बैठकमा आयोगले अगाडि बढाएका भ्रष्टाचार प्रकरणबारे जानकारी गराएका छन्। उनका अनुसार, नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति दिएको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ। ‘प्रिमियम मूल्यमा सेयर जारी गर्न दिएको विषयमा हामीले छानबिन गरिरहेका छौं,’ उनले भने।

बोर्डले कमजोर खालका कम्पनीलाई पनि प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति दिएको थियो। यसमा बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालमाथि कमिसन लिएर अनुमति दिएको आरोप छ। हमालले गत पुस तेस्रो साता अवकाश पाइसकेका छन्।

राईका अनुसार, अख्तियारले टेरामक्स खरिदमा भ्रष्टाचार भएको विषयमा अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। ‘टेरामक्स खरिदको विषयमा केही समयमा रिजल्ट आउँछ। हामी मुद्दा दायरका लागि अन्तिम चरणमा छौं,’ उनले भने।

यो प्रकरणमा अख्तियारले तत्कालीन संचारमन्त्री मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ। बस्नेतले अख्तियारमा उपस्थित भएर तथा कार्कीले लिखत बयान दिएका हुन्। बस्नेत अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री छन्। अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र बहालवाला अधिकांश निर्देशकहरुसँग पनि बयान लिइसकेको छ।

समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढाउन अख्तियारलाई २ महिनाअघि निर्देशन दिएको थियो।

ठेक्काका सर्त टेण्डरका दौरान बारम्बर परिवर्तन गरेको, तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सचिवालय सदस्य नै टेरामक्सका बजार व्यवस्थापक रहेको, लागत अनुमान गर्ने र स्पेसिफिकेसन बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित भएको, औचित्य नखुलाई अत्यधिक लागत अनुमान गरेको भन्दै समितिले अभियोजन प्रक्रिया अघि बढाउन भनेको थियो।

टेलिकम कम्पनीहरुको कारोबारलाई पारदर्शी बनाउन भन्दै प्राधिकरणले करिब ३ अर्बको लागतमा टेरामक्स खरिद प्रक्रिया अगाडि बढाएकामा अहिले रोकिएको छ। टेरामक्स खरिदमा अहिलेसम्म ५३ करोड रुपैयाँ खर्च भएको छ।

अख्तियार प्रमुख राईले तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाले कमिसन मोलमोलाइ गरेको अडियो टेप, नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद, सार्वजनिक जग्गा हिनामिना, सूचना प्रविधि खरिद लगायत विषयमा पनि अनुसन्धान गरिरहेको बताएका छन्। ‘अडियो टेप, वाइडबडी जहाज खरिद लगायत प्रकरणको छानबिन गरिरहेका छौं,’ राईले भने, ‘तर प्रमाण बिना कसैलाई पक्राउ गर्ने कुरा हुँदैन।’

तत्कालीन संचारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो टेप बाहिरिएपछि २०७६ फागुन ८ गते राजीनामा दिएका थिए। उनी अहिले सांसद पदमा बहाल छन्। राईले अडियो टेपबारे छानबिन गरिरहेको बताउँदा सांसद बास्कोटा पनि बैठकमै थिए।

यस्तै, वाइड बडी जहाज खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित लेखा समितिले २०७५ पुसमा अख्तियारलाई निर्देशन दिएको थियो। निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग २४ अर्ब रुपैयाँ ऋण लिएर २०७५ असारमा २ वटा वाइडबडी जहाज किनेको थियो।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका