जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २२ स्थानको जग्गा लिलामी गर्दै प्रभु बैंक

२२ स्थानको जग्गा लिलामी गर्दै प्रभु बैंक

 प्रभु बैंकले देशभरका २२ स्थानमा रहेको जग्गा लिलामीमा लैजाने भएको छ । बैंकले आफ्नो स्वामित्वको गैरबैंकिङ सम्पत्तिलाई लिलामीमा लैजान लागेको हो । पूर्वमा झापाको भद्रपुरदेखि, सुनसुरी, भरतपुर, धादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गाहरुलाई शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्न लागेको हो ।

सो लिलामीमा सहभागी हुन चाहने व्यक्तिले १ हजारको फाराम र आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटी बुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरेको छ । यो बोलपत्र मंसिर २३ मा बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा असुली विभागमा खोलिनेछ ।

बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैरबैंकिङ सम्पत्ति कायम गरी लिलामी गर्न लागेको हो ।

14940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका