जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सूर्या लाइफले ल्यायो “सूर्या सुरक्षा कवज” बीमा योजना

सूर्या लाइफले ल्यायो “सूर्या सुरक्षा कवज” बीमा योजना

 सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सर्वे भवन्तु सुखिनःभन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने उद्देश्यले नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले २०७८ फागुन १६ गतेदेखि लागु हुने गरी कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । हालको

विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रस्तताका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीले विश्वास गरेको छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्ने दृष्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ ।

१८ वर्षको उमेर समुहले १ करोडको बीमाङ्कमा वार्षिक १४ हजार ५५० सय वा मासिक १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आयश्रोतको आधारमा जति पनि गर्न सकिनेछ ।जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यस योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वाबार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट https://suryalife.com/proposal/buy-policy/184वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था र्गिरएको कम्पनीले जनाएको छ । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने समेत कम्पनीले बताएको छ ।

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका