जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नाडामा आकाश गोल्छा पक्ष आन्दोलित

नाडामा आकाश गोल्छा पक्ष आन्दोलित

५० वर्षको लिगेसी बोकेको अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रको विवाद अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ। संशोधित विधानलाई जिल्ला प्रशासन कार्यालयले मान्यता दिन नमानेपछि वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा भएका आकाश गोल्छाले आफ्नो पक्षमा रहेकाहरुलाई अध्यक्ष करण चौधरीविरुद्ध विरोधमा उतारेका छन्।

आकाश पक्षमाथि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन(नाइमा) खडा गर्न भूमिका निर्वाह गरेको आरोप छ। नाडाभित्र विवाद भइरहँदा ठूला अटो व्यवसायीहरुले नाइमा खडा गरेका थिए। त्यसपछि नाडाभित्रको विवाद अहिले थप उत्कर्षमा पुगेको छ। अध्यक्ष करणविरुद्ध आकाश पक्षले अविश्वास प्रस्ताव ल्याउने तयारी थालेको छ।

आकाश पक्षले बिहीबार पत्रकार सम्मेलन गरेर करणका काम कारबाहीविरुद्ध आन्दोलन गर्ने बताएको छ। पत्रकार सम्मेलनमा आकाशसँगै सुनिल रिजाल, सन्जय कुमार खेतान र प्रदीपमान प्रधान उपस्थित थिए। उनीहरुले करणमाथि नाडालाई आफ्नो निजी कम्पनी जसरी चलाउने खोजेको आरोप लगाए। करणले अध्यक्ष बन्नअघि आफूसँग गरेको लिखित प्रतिबद्धतालाई पूरै बेवास्ता गरेको आरोप आकाशले लगाए।

करणलाई सहमति गरेर आकाश पक्षले नाडाको अध्यक्ष बनाएको थियो। सहमति पत्रमा करण, शेखर गोल्छा, ध्रुव थापा, निराकार श्रेष्ठ, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ र सुरेश उप्रेतीले हस्ताक्षर गरेका आकाशले बताए।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका