जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हरिकुमार श्रेष्ठ विरुद्ध पौने दुई अर्बको मुद्दा

हरिकुमार श्रेष्ठ विरुद्ध पौने दुई अर्बको मुद्दा

भन्सार छलीको सामानको भुक्तानी विदेश पठाउने हरिकुमार श्रेष्ठ विरुद्ध १ अर्ब ७१ करोड माग दाबी सहित मुद्दा गरिएको छ। राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गर्ने हाइटेक इन्टरनेशनल प्रालि विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विभागले श्रेष्ठलाई ३ वर्ष कैद सजायको समेत माग गरेको छ। हाइटेकका संचालक श्रेष्ठले भन्सार बिन्दुबाट चोरी पैठारी गरी नेपाल ल्याएर ती मालवस्तुको यथार्थ कारोवार नदेखाई यथार्थ राजस्व चुहावट गरेका थिए। ती चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीको लागि बैंकको स्वीकृती समेत नलिई गैरकानूनी रुपमा विदेशमा रकम पठाई विदेशी विनिमय अपचलन गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

चोरीको मालवस्तुको मूल्य १ अर्ब ७१ करोड ५६ लाख बराबरको रकम विदेश पठाई विदेशी विनिमय अपचलन गरेको खुलेको छ।

5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका