जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • भ्रष्टाचार आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्द मुद्दा दायर गरेको छ । झापाको झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

झापाको झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउनको लागि आ.व. २०७४/०७५ मा गाउँपालिकाबाट र स्थानीय जनतासँग बजेट विनियोजन भएको थियो । तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सव–इन्जिनियर विज्ञान चम्लागाँईले विनियोजन रकम हिनामिना गरेको पाइएको छ ।

सो गाउँपालिका वडा नं. ३, ६ र ७  स्थित “लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल” योजना कार्यमा फिल्डमा अनुगमन/निरीक्षण गरी सोको वास्तविक परिमाण प्रमाणित गरी नापी किताब तयार गरी भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा उनीहरुले सो नगरेको पाइएको छ । नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार पारेको उनीहरुविरुद्ध आरोप छ ।

अख्तियारका अनुसार २२ लाख ९ हजार ८२३ रुपैयाँ बढी भुक्तानी दिएको देखिन आएकोले चोलाराज दंगाल, अभिषेक दास  र विज्ञान चम्लागाँईविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । सोहि बराबर बिगो कायम गरी विशेष अदालत काठमाडौंका मुद्दा दायर गरिएको छ ।

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम नारायण झासहित दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

आ.व. २०७८/०७९ मा सहकारीको आयमूलक तालिम संचालन नगरी एवं प्रक्रिया नपु¥याई पेश्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेश्की रकम फर्छ्यौट गरी रकम हिनामिना गरेको उनीहरुविरुद्ध आरोप रहेको छ । उनीहरुसंग सात लाख एक हजार तीन सय असी रुपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका