जोडिनुहोस
मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • पशुपति विकास कोषलाई प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

पशुपति विकास कोषलाई प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।

सोमबार ‍बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री सुदन किराँतीलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्।

१७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ। पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामाग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

टाटाको एस हपर सिरिजको टिपर दैनिक संचालनका लागि एक चालकलाई पारिश्रामिक स्वरुप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक वर्षका लागि पारिश्रामिक वापत तीन लाख रुपैयाँ उपलबध गराउने मन्त्रालयले जनाएको छ।

बैंकले आउँदा दिनमा पनि मन्त्रालय र पशुपति विकास कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।

2915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?