जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले एकै पटक थप्यो पाँचवटा शाखा

राष्ट्रिय वाणिज्य बैंकले एकै पटक थप्यो पाँचवटा शाखा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकै पटक पाँच शाखा कार्यालयको उद्घाटन गरेको छ । थप शाखामा १ नम्बरमा ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम शाखा कार्यालय र धुलावारी रहेका छन् भने मधेस प्रदेशमा कार्यालय मलगंवा शाखा र बागमती प्रदेशमा रसुवा शाखा कार्यलय सचालनमा ल्याएको हो । थपिएका शाखा सहित बैंकका २६४ शाखा कार्यालय सञ्चालनमा छन् ।

थप शाखाहरुको उद्घाटन क्रमस ताप्लेजुङ्ग शाखाको सञ्चालकसमित सदस्य दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवा को सर्लाही २ ख का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवा को रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल- अलग कार्यक्रमका बीच उद्घाटन भएका हुन्।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले देशका दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेबा दिईरहेको छ ।

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका