जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बैंकहरु आफैले ब्याजदर निर्धारण गर्न पाउने

बैंकहरु आफैले ब्याजदर निर्धारण गर्न पाउने

अब बैंकहरुले आफै ब्याजदर निर्धारण गर्ने भएका छन् । आज बसेको बैंकर्स संघको बैठकले यस अघि हुँदै आएको भद्र सहमति अन्त्य गर्दै बैंकहरु आफैले ब्याज निर्धारण गर्ने सक्ने गरि निर्णय गरेको संघका एक सदस्यले जानकारी दिए ।

यस अघि बैंकर्स संघले ब्याज निर्धारण गर्ने गरेकोमा अब भने बैंकहरुले राष्ट्र बैंकले दिएको सीमा भित्र रहेर आफै  आवश्यकताका आधारमा ब्याज निर्धारण गर्ने छन् । यसो हुँदा बैंकहरुको ब्याज फरक फरक हुन सक्ने छ। यो व्यवस्था साउन १ देखि लागु हुने छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार  व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसतको १० प्रतिशत सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाउन वा बढाउन सकिने व्यवस्था छ। संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपको भन्दा २ प्रतिशत बिन्दुले ब्याजदर कम कायम गर्नु पर्ने व्यवस्था छ।  हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ।

2500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका