जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अदालतबाट सिलवालले पाए सफाइ, भन्छन्–‘न्याय पाउनेमा विश्वास थियो

अदालतबाट सिलवालले पाए सफाइ, भन्छन्–‘न्याय पाउनेमा विश्वास थियो

नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट सफाइ पाएका छन्।

विशेष अदालतले आज सिलवाललाई कीर्ते तथा भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्दै सिलवालमाथि कीर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारीले गत मंसिर २४ गते झुठो विवरण पेस गरेको र गैरकानुनी ढंगले पदमा बसेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएलगत्तै सिलवाल प्राधिकरणको अध्यक्षबाट पदमुक्त भएका थिए। उनको कार्यकाल सकिन मुश्किलले २ महिनामात्रै बाँकी थियो।

सिलवालले सफाइ पाए पनि अब प्राधिकरणमा पुनर्बहाली हुन पाउने छैनन्। सरकारले गत सातामात्रै शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिसकेको छ।

अदालतबाट सफाइ पाएसँगै दिँदै सिलवालले आफूले न्याय पाएको बताए। ‘मैले न्याय पाउनेमा विश्वास थियो’, उनले भने, ‘त्यही भयो।’

2135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?