जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने म्याद लम्बियो

‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने म्याद लम्बियो

सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने म्याद लम्बिएको छ।

यो योजनाका इकाइहरु गत माघ १० गतेबाट बिक्री खुला गरिएको थियो। यसको निष्कासन बन्द छिटोमा आज माघ १३ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, माग बमोजिम आवेदन नपरेकोले अब माघ १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

1673932601993–Recurring-Deposit-GIF—11250x250px.gif
यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको छ। जसमा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

बन्दमुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो १० वर्षे योजना हो।

यो योजनाका इकाइ खरिद गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय र तिनका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

4555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका