जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन, को को बने सञ्चालक ?

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन, को को बने सञ्चालक ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएको छिन् । कम्पनीको आज साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई चयन गर्ने निर्णय गरेको हो ।

मर्जर कमिटले यस भन्दा अगाडी छनोट गरेका सञ्चालकमा सामान्य हेरफेर भएको छ । साविक प्रभु लाइफको तर्फबाट संस्थापक समुहबाट अध्यक्ष शिक्षा भट्टचन सहित सुसन भट्टचन चयन भएका छन् भने साविक महालक्ष्मी लाइफको तर्फबाट सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

सर्वसाधारण शेयरधनीहरुको तर्फबाट शंकर गौतम र ज्योति शेरचन रहेका छन् । कम्पनीले अव स्वतन्त्र सञ्चालक मात्रै नियुक्त गर्न बाँकी रहेको छ । दुई कम्पनीले गत असार २९ गते एकिकृत कारोबारको शुभारम्भ गरेका थिए ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका