जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • जीवन बीमा कम्पनीको खुद व्यापार ‍४० अर्ब ३६ करोड, दुई बाहेक सबै अर्ब क्लबमा

जीवन बीमा कम्पनीको खुद व्यापार ‍४० अर्ब ३६ करोड, दुई बाहेक सबै अर्ब क्लबमा

बीमा कम्पनीहरुले आर्थिक वर्ष आर्थिक वर्ष २०८० /८१ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्याङक अनुसार यस अवधिमा दुई जीवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन सामान्य घटेको छ भने अन्य कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा यस अवधिसम्ममा कम्पनीहरुले ४० अर्ब ३६ करोड ७३ लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यी कम्पनीहरुले २५ अर्ब ८४ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि गरेको हो । दोस्रोमा सरकारी स्वामित्वको जीवन बीमक राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा भारतीय स‌ंयुक्त लगानीको जीवन बीमक एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफले ४ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब २३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । एशियन लाइफले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ अर्ब ४२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफले १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद बीमा शुल्क बृद्धिमा
यस अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क वृद्धि गर्नेमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा यस समिक्षा अवधिमा खुद बीमाशुल्क १६० प्रतिशतले बृद्धि गरी १ अर्ब ४३ करोड पुर्याएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ५४ करोड ९१ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।

दुई कम्पनीको खुद बीमाशुल्क घट्यो
यस अवधिमा नेशनल लाइफ र सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन सामान्य घटेको देखिएको छ । नेशनल लाइफको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ७८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको यसै अवधिमा ४ अर्ब १८ करोड खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस समिक्षा अवधिमा ४ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफको खुद बीमाशुल्क ० दशमलव ०१ प्रतिशतले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका