जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक सेवासुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकले धनुषाको जनकपुरधामस्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्ट, होटेल वेलकम, होटेल सीतासरण, सीतासरण होटेल एन्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटेल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनिक एन्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एन्ड थाइरोइड केयरका सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४६ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका