जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोगअन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ।

महिला आदर्श सेवा केन्द्र नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि.सं २०४० मा स्थापना भएको संस्था हो।  यसबीच सो संस्थाले महिला वर्गलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ। अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए। यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै केन्द्रकी अध्यक्ष निरु श्रेष्ठले बताइन्।

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालयमार्फत समय–समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको आएको छ।

3145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका