जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच समझदारी

सिटिजन्स बैंकका ग्राहकलाई द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको ज्ञानेश्वरस्थित द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बार प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

3295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?