जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ।

संस्थाको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रिया पूरा गरी गत असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भइसकेको छ।

एकीकृत कारोबारपश्चात साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मा सनराइज क्यापिटललाई दिइएको हो।

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?