सिटिजन्स बैंक इन्टनरेशनले १०.५ प्रतिशतले नाफामा वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षमा १०.५ प्रतिशतले वृद्धि गर्दै नाफा २ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । गत अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा २ अर्ब रुपैयाँ मात्रै थियो ।
बैंकको वितरण योग्य नाफा एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत, खुद शुल्क तथा कमिशन आम्दानी ०.८९ प्रतिशत बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेको छ।
बैंकको अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।