जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्दै

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्दै

नारायणी डेभलपमेन्ट बैंकले सत् प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। समस्याग्रस्तबाट मुक्त भएपछि चुक्ता पुँजी बृद्धिमा लागेको बैंकले सेयर निष्कशानका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।

बैंकले अंकित मूल्य १०० रुपैयाँ दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन्।

चितवनमा केन्द्री कार्यालय रहेको बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ छ।

बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका