जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक इन्टनरेशनको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख

सिटिजन्स बैंक इन्टनरेशनको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख

सिटिजन्स बैंक इन्टनरेशनले १०.५ प्रतिशतले नाफामा वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षमा १०.५ प्रतिशतले वृद्धि गर्दै  नाफा २ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । गत अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा २ अर्ब रुपैयाँ मात्रै थियो ।

बैंकको वितरण योग्य नाफा एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत, खुद शुल्क तथा कमिशन आम्दानी ०.८९ प्रतिशत बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेको छ।

बैंकको  अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ  । बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका