जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • ‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिङ्कगरि कारोबार गर्न सकिने

‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिङ्कगरि कारोबार गर्न सकिने

‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सक्ने भएका हुन् ।

यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ । ‘‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्नेछ ।

पाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धमा पनि ठुलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको आइएमई डिजिटल सोलुसन लिमिटेड आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाई छ।

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका