जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आइएमईबाट पैसा पठाउने विजेताले पाए पठाएको रकमको ४ गुणा बढी पैसा

आइएमईबाट पैसा पठाउने विजेताले पाए पठाएको रकमको ४ गुणा बढी पैसा

आइएमईबाट पैसा पठाएका दुई जना सेवाग्राहीले पठाएको रकमको ४ गुणा बढी पैसा प्राप्त गरेका छन् । सेवाग्राही सोमर तामाङ्ग र विशाल नगरकोटीले दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका हुन् ।

सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता बनेका सेवाग्राहीले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफर अन्तर्गत सेवाग्राही दुवैले आफुले पठाएको रकमको चार गुणाबढी रकम प्राप्त गरेका छन् ।

त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् । विजेता सवैले आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

9430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका