जोडिनुहोस
आइतवार, अशोज ७, २०८०
आइतवार, अशोज ७, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई होटेल चितवन र डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई होटेल चितवन र डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित होटेल चितवन तथा काठमाण्डौको बागबजारस्थित डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल  बैंकिङ ग्राहकले  होटेल चितवनमा २५ प्रतिशत  र डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्मको छुट पानेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका