जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सरकारी जग्गा किर्ते गरेको आरोपमा आठ जना विरुद्ध मुद्दा दायर

सरकारी जग्गा किर्ते गरेको आरोपमा आठ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा किर्ते गरेको आरोपमा आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका वडा नं १६ कित्ता नम्बर १३९९ क्षेत्रफल ९१।३१ वर्गमिटर जग्गा व्यक्तिको नाममा दर्ता गर्ने आठ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

डिल्लीबजारमा मालपोत कार्यालयमा कार्यरत उपसचिव परशुराम अधिकारी, तत्कालिन मालपोत अधिकृत सिताराम पोखरेल, तत्कालिन नायव सुब्बा ताराप्रसाद जोशी, तत्कालिन नायव सुब्बा प्रसाराम भूसाल, स्वर्गीय भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधर विरुद्ध आयोगले मुद्दा दायर गरेकोे हो ।

उनीहरु विरुद्ध आयोगले जनही पाँच जनालाई २१ लाख ३० हजार ३८१ रुपैयाँ विगो दावीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । त्यसैगरी अयोगले शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधर लाई जनही १० लाख ६५ हजार १९० रुपैयाँ विगो दावीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका