जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्रिय स्तरका विकास बैंक: लाभांश क्षमतामा लुम्बिनी अब्बल

राष्ट्रिय स्तरका विकास बैंक: लाभांश क्षमतामा लुम्बिनी अब्बल

अन्य सूचक औसत रहे पनि लुम्बिनी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० मा राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये सबैभन्दा आकर्षक लाभांश क्षमता बनाएको छ । लुम्बिनी विकास बैंकले लाभांश क्षमतामा सबैलाई टपेको हो । यो विकास बैंकले २०७९-८० का लागि ११.६१ प्रतिशतको लाभांश क्षमता बनाएको हो ।

लाभांश क्षमताकै हिसाबमा साइन रेसुंगा डेभलपमेन्ट बैंक ११.३६ प्रतिशतसहित दोश्रो स्थानमा आएको छ । साइन रेसुंगाले तुलनात्मक रुपमा धेरै सूचकमा लुम्बिनीलाई निकै पछाडि पारे पनि लाभांश क्षमतामा भने दोश्रो स्थानमा रहन गएको हो ।

लाभांश क्षमतामा साइनपछि गरिमा विकास बैंक आएको छ । गरिमाको लाभांश क्षमता १०.७४ प्रतिशत रहेको छ ।

लाभांश क्षमता विकासको हिसाबले अरु बेला सधैं नम्बर वानमा रहने गरेको मुक्तिनाथ विकास बैंक यो पटक पनि चौथो नम्बरमा धकेलिएको छ । मुक्तिनाथको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ ।

लाभांश क्षमतामा राष्ट्रिय स्तरको विकास बैंकमध्ये क्रमशः पाँचौं, छैठौं, सातौं र आठौं स्थानमा महालक्ष्मी विकास बैंक(८.०६), सांग्रिला डेभलपमेन्ट बैंक(७.६२), ज्योति विकास बैंक(५.१८) र कामना सेवा विकास बैंक(१.७७) रहेका छन् ।

नाफा कसको कस्तो ?
खूद नाफा आर्जनमा मुक्तिनाथ विकास बैंकले आफ्नो बर्चश्वलाई कायमै राखेको छ । यो बैंकले १३६ करोड खूद नाफा आर्जन गरेको छ ।

गरिमा विकास बैंक १२१ करोड कमाउँदै दोश्रो स्थानमा छ ।

७८ करोड ६८ लाख नाफा कमाएर साइन रेसुंगा तेश्रो स्थानमा उक्लिएको छ भने ६१ करोड २४ लाख नाफा कमाउँदै लुुम्बिनी विकास बैंक चौथो स्थानमा आइपुगेको छ ।

ज्योति विकास बैंकले ५५ करोड ३२ लाख, महालक्ष्मी विकास बैंकले ४७ करोड ९ लाख, कामना सेवा विकास बैंकले ४३ करोड ११ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले ३८ करोड ३३ खूद नाफा आर्जन गरेका छन् ।

सञ्चालन मुनाफामा मुक्तिनाथ विकास बैंक १९७ करोडसहित पहिलो स्थानमा, १७२ करोडसहित गरिमा दोश्रो स्थानमा तथा ११३ करोडसहित साइन रेसुंगा तेश्रो स्थानमा छन् ।

अन्य सूचक कस्का कस्ता ?
खूद ब्याज आम्दानीमा पनि मुक्तिनाथ विकास बैंक ४११ करोडसहित सबैभन्दा अगाडि छ ।

कुल ३२० करोडसहित गरिमा दोश्रो तथा २३६ करोडसहित ज्योति विकास बैंक तेश्रो स्थानमा छन् ।

कामना सेवा २१६ करोडसहित चौथो र २१० करोडसहित साइन रेसुंगा पाँचौ स्थानमा छन् ।

प्रतिसेयर आम्दानीमा गरिमा विकास बैंक पहिलो स्थानमा छ । यसको इपीएस २३.४७ रुपैयाँ रहेको छ ।

रु. २१.२४ सहित मुक्तिनाथ दोश्रो तथा रु. १८.३७ सहित साइन तेश्रो स्थानमा छन् ।

सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकमा रहेको छ । यो बैंकको खराब कर्जा अनुपात ०.८९ प्रतिशत रहेको छ । त्यसपछि गरिमामा १.५५ प्रतिशत तथा साइनमा १.८१ प्रतिशत रहेको छ । सबैभन्दा बढी खराब कर्जाको अनुपात महालक्ष्मी विकास बैंकमा रहेको छ ।

निक्षेप संकलनमा मुक्तिनाथ, गरिमा र ज्योति क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् भने कर्जा प्रवाहमा मुक्तिनाथ, गरिमा र साइन क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् ।

बाँकी टेबलमा हेर्नुहोस्:

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका