जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

आइएमई पेको नयाँ अफरः रु. १ को खेल आइएमई पे एपमा

आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ।

जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्।

प्रयोगकर्ताले यो खेल आइएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गई खेल्न सक्नेछन्। यस एकहप्ते अफरमा प्रयोगकर्ताले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्नेछन्।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ। यसका साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ।

3285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका