जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंकले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

यस सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्।

उक्त सेवामार्फत आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको हो।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखारहित बैंकिङ सेवा तथा ७६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ। यसका साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?