जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। शुक्रबार भएको १६औँ वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक समितिका सदस्यहरू, सेयरधनीहरू तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरू उपस्थित थिए।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?