जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • उधारो बीमाको धन्दा चलाउने यूनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल र राष्ट्रिय बीमा कम्पनी माथी नेपाल बीमा प्राधिकरणले गर्यो कारवाही !

उधारो बीमाको धन्दा चलाउने यूनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल र राष्ट्रिय बीमा कम्पनी माथी नेपाल बीमा प्राधिकरणले गर्यो कारवाही !

उधारो बीमाको धन्दा चलाउने, रेट कटिङ गर्ने, सम्पत्ती सुद्धिकरणमा ध्यान नदिने, दाबी भुक्तानीमा सधैं विमितलाई दुख दिने आफूखुशी भुक्तानी नदिने लगायत काम गरेको भन्दै नेपाल बीमा प्राधिकरणले ३ वटा बीमा कम्पनीलाई ३ लाखका दरले कारवाही गरेको खुलेको छ भन्दा फरक पर्दैन । उधारोमा बीमा तथा बीमितको आम्दानी स्पष्ट नखुलाई बीमा गराएको भन्दै नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको भेटिएको छ । प्राधिकरणले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो । अनुगमनमा ती कम्पनीले कानुन उल्लंघन गर्दै उधारोमा बीमा गराउने,आम्दानी नखुलाई बीमा गराउने गरेको पाइएपछि प्राधिकरणले सचेत गराएर छोडेको हो भन्दा अब फरक पर्दैन ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार दुई पटकसम्म सचेत गराउँदा पनि उधारो बीमा तथा आम्दानी स्पष्ट नखुलाई बीमा गर्न नछाडेकोले कारबाही गरिएको दाबी गरे । उनीले थपेः– ‘निरन्तरको अनुगमनमा तीनवटै कम्पनीमा कैफियत देखिएपछि हामीले कारबाही गर्ने निर्णय गरेका हौं नि । केही दिन अगाडी बसेको सञ्चालक समितिको बैठकले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड इन्स्योरेन्सलाई २ लाख रुपैयाँका दरले जरिवाना गराउने निर्णय गरेको अध्यक्ष सिलवालले पंक्तिकारसंग बताए ।

प्राधिकरणको पुष ६ गते बसेको संचालक समितिको बैठकले तीन बीमा कम्पनीहरुलाई नगद जरिवाना गराउने निर्णय गरेको भेटिएको छ । नियामक नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा थुप्रै कैफियत भेटिएको थियो । कैफियत भेटिएपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई स्पष्टीकरण समेत सोधेको थियो । तर, कम्पनीहरुले पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि जरिवाना गराएको अध्यक्ष सिलवालले बताए ।

३ वटा निर्जीवन बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको र दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएपछि नेपाल बीमा प्राधिकरणले दुई लाख नगद जरिवाना गराएको हो । प्राधिकरणको पुष ६ गते बसेको संचालक समितिको बैठकले तीन बीमा कम्पनीहरुलाई नगद जरिवाना गराउने निर्णय गरेको भेटिएको छ । नियामक नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा थुप्रै कैफियत भेटिएको थियो । कैफियत भेटिएपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई स्पष्टीकरण समेत सोधेको थियो । तर, कम्पनीहरुले पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि जरिवाना गराएको अध्यक्ष सिलवालले बताए । यस अघि प्राधिकरणले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पनि दुई लाख रुपैयाँ जरिवाना गराईसकेको थियो भन्दा फरक पर्दैन । सचेत भया ।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका