जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंक र भीजी इम्पेक्सबीच इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

प्रभु बैंक र भीजी इम्पेक्सबीच इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार भीजी इम्पेक्सबाट आयात गरिएका विद्युतीय गाडी इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

4055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका