जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्दै

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्दै

लक्ष्मी सनराइज बैंक लिमिटेडले ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ। लक्ष्मी सनराइज बैंकले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मूल्य १००० रुपैयाँका दरले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्ने जनाएको छ।

ऋणपत्र निष्कासनका लागि बैंक र माछापुच्छ्रे क्यापिटल लिमिटेडबीच सहमति भएको छ। यो प्रकृयामा माछापुच्छ्रे क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टी सेवा प्रदान गर्नेछ। यस सम्बन्धमा दुई पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सनराइज बैंकका प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले हस्ताक्षर गरेका छन्।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका