जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सेवा नपुगेको समुदायमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

यस प्रकारको कार्यक्रमले देशभरका परिवारहरूलाई वित्तीय ज्ञान हासिल गर्न र लचिलोपन निर्माण गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ । मेटलाइफ वित्तीय सेवा नपुगेको र दुर्गम क्षेत्रहरुमा वित्तीय पहुँच पुर्याउन केन्द्रीत रहेको कम्पनीले जनाएको छ ।

यस प्रकारको कार्यक्रमले दमक, लहान, जनकपुर, कटारी, बेसीसहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बर्दघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली लगायत इलामका विभिन्न समूहहरूलाई समेट्ने कम्पनीले बताएको छ ।

कार्यक्रममा सहभागीहरुले जीवन बीमाको महत्व र फाइदा बुझ्ने र यसले वित्तीय उत्पादनहरूमा पहुँच कम भएका क्षेत्रमा वित्तीय सशक्तिकरणलाई बढावा दिने कम्पनीले जनाएको छ ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले बीमितहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र समूह बीमाजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?