जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती वनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई  च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ।

मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती वनस्पतीका तर्फबाट  कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले उक्त सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोरका साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाहलगायतका कर्मचारीको उपस्थिति थियो।

नेपाल  गुणस्तर चिह्न तथा आईएसओ ९००१ः२०१५, १४००१ः२०१५ प्राप्त यस उद्योगले सफारी र रामदेव ब्रान्डमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्रीवितरण गर्दै आएकोमा हालैमात्र नेवारी प्लस  ब्रान्डलाई पनि बजारमा ल्याएको छ। मेक इन नेपाल—स्वदेशी अभियानमा संलग्न नेपालकै सबैभन्दा ठूलो घिउ–तेल उत्पादन गर्ने गणपती वनस्पती सर्वाधिक निर्यातकर्ता भई लगातार तीनपटकसम्म नेपाल उद्योग परिसंघबाट सम्मानित पनि भएको छ।

2125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका