जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूको नाफा घट्यो

बैंक अफ काठमाण्डूको नाफा घट्यो

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षभन्दा २२.२१ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा खुम्चिएको छ ।

८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख रुपैयाँ र सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड रहेको थियो भने जगेडा कोष ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्ममा ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबापत बैंकले ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड ७० लाख रुपैयाँ कम हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६२ करोड ९६ लाख रुपैयाँ घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ । बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको छ ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका