जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डायग्नोस्टिक्समा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डायग्नोस्टिक्समा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस सेन्टर’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।  यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस सेन्टरका विभिन्न सेवामा विशेष १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका