जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता, अस्पतालको सेवामा बैंकका ग्राहकलाई १०% सम्म छुट

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता, अस्पतालको सेवामा बैंकका ग्राहकलाई १०% सम्म छुट

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंकका ग्राहकले नेत्रालयका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै बैंकका ग्राहक, कर्मचारी र तिनका पारिवारका सदस्यले अस्पतालको ओपीडी, आईपीडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ।

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका