जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा खोल्न पाउने

कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि जिल्ला प्रशासनले थप कडाइ गर्न लागेको हो । अत्यावश्यक सेवा बाहेका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरु एक चौथाइ कर्मचारी मात्रै उपस्थित हुने गरि सञ्चालन गर्न गराउन व्यवस्था मिलाउनु पर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्ने छ । अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजिकरणको व्यवस्था मिलाउने छ ।

विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ढ पालना गरी कार्य सञ्चालन गर्ने गराउने व्यवस्था गरिएको छ ।

अत्यावस्यक खाद्य सामाग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर मात्रै विहान ९ बजेसम्म मात्रै खुला गर्न पाइने भएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गरिने भएको छ । सूचना विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा सम्बन्धित संचार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने भएको छ ।

फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाइएको छ ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीइ तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिइने भएको छ ।

यस अघि जारी गरिएका सम्पूरण सवारी पास खारेज गरिने भएको छ । अति आवश्यक अवस्थामा बाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी नगर्ने भएको छ

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका