जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना ल्याएको छ।

दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो। बीमा योजनाको उद्घाटन शताब्दी पुरुष सत्यमोहन जोशीले गरे।

यो योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

बीमितले बीमा शुल्क भुक्तानी अवधिपछि एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै त्यसपछि उसको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सनसमेत प्राप्त हुनेछ।

अन्नततः बीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ। यो रकमबाट बीमितले उसको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथमनाउन सक्ने विज्ञप्तिमा उल्लेख छ।

‘सूर्या चौरासी पुजा’ बीमा योजना १६ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखि ५० वर्षसम्म बीमा शुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन्। न्युनतम १ लाख रुपैयाँ बीमाङ्कक तोकिएको यो योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको उल्लेख छ। बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ

9085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्