जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • आचार्यका छोरीबुहारीले भदौ २३ गते शनिबार राजधानीमा तीजको भव्य दर खाने र नाचगाान गर्ने               

आचार्यका छोरीबुहारीले भदौ २३ गते शनिबार राजधानीमा तीजको भव्य दर खाने र नाचगाान गर्ने               

आचार्य बन्धु समाज नेपाल महिला केन्द्रीय बिभागको गत शनिबार र बुधबार बसेको बैठकले छोरी बुहारी तीज कार्यक्रम भब्य रुपमा मनाउने निर्णय गरेको छ । कायृक्ममा दिउसो बाट साझसम्मा सम्पन्न हुने र भाषणभुषण भन्दा नाचगान, रमाइलो र खानपीनमात्र हुने जानकारी दिइएको छ ।
कौडिन्य गोत्रीय आचार्यहरुको केन्द्रीय महिलाहरुको बिभागका अध्यक्ष अम्बिका रुपाखेती आचार्यले काठमाडौंमा भदौं २३ गते दिउसो १ बजे भब्य छोरीबुहारी दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय भएको बताईन् ।
पाँच सय भन्दा बढी कौडिन्य गोत्रीय आचार्यका छोरी तथा बुहारीको उपस्थितिमा कार्यक्रम गर्ने मिति तय भएको र स्थानका बिषयमा भने बिभिन्न पार्टी प्यालेशसँगभएको कुराकानी टुंगीएपछि जानकारी दिईने बिभागकी सचिव बबिता शर्मा आचार्यले भनिन् ।
नेपालभरबाट काठमाडौं उपत्यका आई बसोबास गर्नुहुने, काठमाडौं उपत्यकामा स्थायी बसोबास हुनुभएका तथा काठमाडौं बाहिरबाट सहभागी हुन चाहनुहुनेलाई निःशुल्क रुपमा सहभागीता हुने उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिईन् ।
कार्यक्रम भब्य र सभ्य बनाउन सबैले आआफ्नो स्थानबाट लाग्नुपर्ने बिभागकी कोषाध्यक्ष गीता आचार्यको दाबी छ । आचार्य बन्धु समाज नेपालकी केन्द्रीय कोषाध्यक्ष आचार्यका छोरीबुहारीबीचमा सुमधुर सम्बन्ध स्थापना तथा कायम राख्न महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तीजमा दर खाने कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिन् ।
बडादशैं, दीपावली, नयाँ बर्षलगायतका बिभिन्न कार्यक्रम गरेको भएपनि तीज कार्यक्रम पहिलोपटक आचार्य बन्धु समाजले आयोजना गरेकोआचार्य बन्धु समाज नेला महाचिव शुभनराज अचार्यको तर्क छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका